हिउँ पर्‍यो, हुम्ला सेताम्मे

सिमकोट – हुम्लामा हिमपात सुरु भएका छ । लगातारको हिमपातका कारण डाँडाहरु सेताम्य देखिएका छन्।

सदरमुकाम सिमकोट भन्दा माथिको क्षेत्रमा बिहीबार बेलुकादेखि हिमपात सुरु भएपछि पूरै सेताम्मे भएको हो । बिहानैदेखि बाक्लो बादल लागेर चिसो अत्याधिक बढेको भए पनि बेलुकादेखि हिमपात सुरु भएको हो । हिमपात अहिले पनि जारी रहेको छ ।

बिहीबार बेलुका आठ बजेदेखि हिमपात सुरु भएको थियोे । यस अघि पहिलो पटक हिमपात हुँदा पानी पर्ने गरेको भएपनि यस पाली भने सिधै हिउँ पर्न सुरु गरेको छ ।

सिमकोटमा आधा फिट हिउँ जमेको छ । हुम्ला दोस्रो हिमपात भए पनि सिमकोटसम्मको यसपालीको यो पहिलो हिउँ जमेको हो।

मंसिर १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्