पोखराको नवप्रभात मावि मतदान केन्द्र नजिकै बिस्फोट, मतदान स्थगित

कास्की – पोखरा–९ नयाँबजार स्थित नवप्रभात मावि मतदानस्थल नजिकै शनिबार बिहान शक्तिशाली बम बिस्फोट भएको छ ।
मतदान सुरु हुँदै गर्दा बिस्फोट भएपछि उक्त मतदान केन्द्रमा मतदानको काम स्थगन गरिएको छ । उक्त स्थलमा एउटा मात्र केन्द्र छ भने ९ सय ६० मतदाता छन् ।
बिस्फोट पछि सुरक्षा सतर्कता बढाइएको छ । निर्वाचन बहिष्कार गरिरहेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कास्की–२ मा प्रतिनिधिसभा सदस्यका लागि हुने निर्वाचनका कार्यक्रम भाँड्न केही समयअघि देखि नै निसाना क्षेत्र बनाउँदै आएको छ ।
यसैगरी शनिबार बिहान साढे बजेको समय आसपास पोखरा–१६ स्थित शान्ति मावि मतदान स्थल नजिकै बिस्फोट भएको थियो । दुवै घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ । कास्की २ मा ३२ मतदान स्थलका ८२ मतदान केन्द्र छन् ।
सुरक्षा प्रबन्ध मिलाई तत्कालै मतदान सुरु गराइने जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।