कास्की – उपनिर्वाचन अन्तर्गत मतदान भइरहेका बेला कास्कीको पोखरा–१६ मा मतदानस्थल नजिकै बिस्फोट भएको छ ।

पोखरा–१६ को चण्डिका आधारभूत विद्यालय मतदान स्थल भन्दा ३० मिटर पर बम बिस्फोट भएको छ । बम बिस्फोट भए पनि मतदान भने जारी छ । सुरक्षा व्यवस्था कडा पारिएको छ ।

चण्डिका मनदान स्थलमा दुई केन्द्र छन् । त्यहाँ ११ सय ३७ मतदाताले मताधिकार प्रयोग गर्ने छन् । कास्की–२ मा प्रतिनिधिसभा सदस्याका लागि उपचुनाव भएको हो ।

मंसिर १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्