ललितपुरमा सुरु भयो साइकलका लागि छुट्टै लेन

फाइल तस्बिर

ललितपुर – ललितपुर महानगरपालिकाले साइकल यात्रुको लागि सडकमा छुट्टै साइकल लेन बनाई संचालनमा ल्याएको छ ।

शनिबार महानगरपालिकाले एक कार्यक्रमका बिच कुपोन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मंगलबजारसम्म र कुपोन्डोल, पुल्चोकबाट सिधा मंगलबजार पुग्न सकिने गरी साइकल लेन व्यवस्था गरेको बताएको छ ।

चालु सडकमा नै छुट्याइएको साइकल लेन १.५ मिटर चौडाइको रहेको छ । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले काठमाडौँ उपत्यकालाई साइकलमैत्री सडक बनाउने अभियानको थालनी भएको बताए । साइकल लेनले शिवपुरी र फुलचोकी जोड्न चाहेको पनि बताए ।

हाललाई महानगरले पाटन दरबार क्षेत्र केन्द्र बनाएर चारै दिशाबाट दरबार क्षेत्रमा आउन चारवटा साइकल लेन बनाउने योजना रहेको बताएको छ । अहिले व्यवस्था गरिएको साइकल लेनमा अन्य सवारी साधन सँग मिलेर चलाउनु पर्ने हुन्छ ।

मंसिर १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्