हुम्लामा ८४ प्रतिशत मत खस्याे, मतपेटीका संकलन गरिँदै

मतदानमा सहभागिता जनाउँदै मतदाता। तस्बिर: राजन रावत/देश सञ्चार।

याङ्चु, हुम्ला– हुम्लाकाे खार्पुनाथ गाउँपालिकाकाे उपाध्यक्ष पदका लागि भएकाे उपनिर्वाचन सम्पन्न भएकाे छ।

उपनिर्वाचन सम्पन्न भएका पाँचवटै मतदान केन्द्रहरुका मतदाताले उत्साहका साथ शान्तिपूर्ण तरिकाले मतदान गरेका छन्।

उपाध्यक्ष पदका लागि मतदाताहरुले उत्साहका साथ मतदान प्रकृयामा भाग लिएको मुख्य निर्वाचन अधिकृत चन्द्रकान्त पौडेलले बताए।

खार्पुनाथ गाउँपालिकाको वडा नम्बर–१ को मालिका मावि मतदान केन्द्रमा ८ सय ८९ मतदाता भएकोमा ७ सय ९९ मत खसेको छ भने वडा नम्बर २ को शंकर आधारभुत विद्यालयमा ४ सय ८० मतदाता भएकोमा ३ सय ७३ मत खसेको छ।

त्यसैगरि वडा नम्बर ३ को हुम्ला मावि केन्द्रमा ५ सय २३ मतदातामा ४ सय ५८ मत खसेको छ। त्यसैगरि वडा नम्बर ४ को सीता माबि केन्द्रमा ६ सय ४२ मतदाता भएकोमा ५ सय ५२ मत खसेको छ।

यस्तै मान्धारा मावि भकुण्डा केन्द्रमा ८ सय ५३ मतदाता रहेकाेमा ६ सय ८७ खसेको छ। कुल खसेको मतमा एक हजार ३ सय ६४ महिलाको मत खसेको छ भने एक हजार ५ सय ५ मत खसेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले बताए।

बिहान सात बजेर पाँच मिनेटमा मतदान साँझ पाँच बजेर पाँच मिनेटमा सम्पन्न भएकाे हाे। मतदान कार्यमा ९३ वर्षकी वृद्धा पुल्ती शाहीले पनि मतदान गरेकी थिइन्। आँखा र प्यारालाइसिसका विरामी ६० वर्षीया दन्तबीर शाहीले पनि मतदान गरेका थिए।

मतपेटिका मतदान केन्द्रमा आउँदै

मतदान कार्य सकिएपछि मत पेटिकाहरु गाउँपालिकाकाे केन्द्र याङ्चुबजारतर्फ ल्याउन क्रम सुरु भएको छ। मतपेटीका शनिबार रातिसम्म आइपुग्ने प्रमुख निर्वाचन अधिकृत पौडेलले बताए।

मतपेटिका आएसँगै सर्वदलीय बैठक बस्ने र राति वा भोली बिहानबाट मतगणना कार्य सुरु गर्ने तयारी गरिएको छ। गत असार ३ गते कर्णाली नदीमा जीप दुर्घटना हुँदा उपाध्यक्ष सिन्दु हमाल शाहीको मृत्यु भएको थियो।

मंसिर १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्