२५ जना टिभीएस बाइक राइडर भारतकाे चेन्नई जाने

काठमाडौँ– टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस अपाचे बाइक आर.आर ३१० र अपाचे २०० फो.भी मोटरसाइकलहरुको टेस्ट राइडमा सहभागिता जनाएका २५ जना विजेतालाई भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा टिभिएस अपाचे बाइकमा मंसिर १६ गते प्रस्थान गर्ने भएका छन्।

६० जना प्रतियोगिहरु मध्ये गोलाप्रथाबाट ३० जना चयन गरिएको र त्यसमध्ये पनि छनोट गरी २५ जना विजेता भएको कम्पनीले जनाएको छ।

उक्त कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले नेपालका बाइक राइडरहरु पनि क्षमता, दक्षता एवं अनुशासन प्रदर्शन गर्न सक्षम भएको बताए।

उनले छनोट भएका २५ जना बाइक राइडर विजेतालाई सफलताको शुभकामना पनि व्यक्त गरे।

टिभिएस अपाचे आरआर ३१० र २०० फाेभिले माइलेज अत्याधिक दिनुका साथै यसमा अत्याधुनिक सुरक्षा प्रविधिद्वारा सुसज्जित गरिएको कम्पनीले जनाएको छ।

मंसिर १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्