रोक्का गरिएको जग्गा फुकुवा गर्न माग गर्दै धर्ना

पर्सा-३ वर्ष अघिदेखि अधिग्रहण गरिने भन्दै रोक्का गरिएको जग्गाको समस्या सामाधान गर्न माग गर्दै वीरगञ्‍ज महानगरपालिका वडा-२५ अलौ र्सिसियाका स्थानीयबासीहरुले आइतबार बिरोध प्रदर्शन गर्दै धर्ना दिएका छन्।

अलौ र्सिसियाका स्थानीयबासीहरुले बिरगञ्जको पदम रोडमा बसेर मध्यान्ह १२ बजेदेखि २ बजेसम्म नाराबाजी गर्दै २ घण्टा धर्ना दिएका हुन्।

ड्राईपोर्ट बिस्तारको लागि जग्गा अधिग्रहणको नाममा ३ वर्षदेखि घर जग्गा रोक्का गरिएको बिरुद्ध स्थानीयबासीहरुले पदम रोडको बिचमै धारणमा बसेका थिए।

अधिग्रहणको नाममा ३ बर्षदेखि रोक्का गरिएको घर जग्गा फुकुवा नहुदा बैंकिङ कारोबार गर्न नसकेको,घर जग्गा खरिद बिक्री गर्न नसकेको, भौतिक संरचना बनाउन नपाएको अन्य ठाउँमा स्थानान्तरण हुन नपाएको भन्दै विरोध प्रदर्शन गर्दै धर्नामा बस्‍नु परेको मुआब्जा संघर्ष समितिका अध्यक्ष बिजय तिवारीले बताए।

उनले लामो समयदेखि सरकारले आफूहरुको घर जग्गा रोक्का गरि राखेकाले बिभिन्न खाले समस्या आएको बताउदै बाध्य भएर सँघर्ष समिति नै बनाएर विरोध गर्नुपरेको बताए।

धर्नामा बसेका स्थानीयबासीहरुले आर्थिक नाकाबन्दी गर्न पाइदैन,पुर्वाग्रही बन्द गर,नागरिक अधिकारको सम्मान गर,हाम्रो माग पूरा गर लगायतका नाराहरु लगाएका थिए।

ड्राईपोर्ट बिस्तारको लागि ३ बर्ष अघि अधिग्रहण गर्ने भनेर सरकारले अलौ र्सिसिया टोलको जग्गा रोक्का गरि राखेको छ। सरकारले मुआब्जा दिन भने पनि न्यून भएको बताउदै अलौ र्सिसियाबासीहरुले मुआब्जा लिन मानेका छैनन्। उनीहरुले घडेरी जग्गाको हकमा प्रतिधुर २१ लाख र खेतको हकमा प्रति धुर १५ लाख रुपैया सरकारसित माग गरेका छन्।

उनीहरुले आफुहरुको माग अनुसार चाडै मुआब्जा दिनुपर्ने अथवा अधिग्रहणको नाममा रोक्का गरेर राखिएको जग्गा फुकुवा गर्न पनि सरकारसित माग गरेका छन।रोक्का गरिएका जग्गाको चित मुआब्जा दिन अथवा त्यतिकै जगगा अन्य ठाउमा दिएर स्थानान्तरण गर्न स्थानीय सुदर्शन लामिछानेले सरकारसँग आग्रह गरे।

उनले मुआब्जा आफूहरुको माग अनुसारको मुआब्जा सरकारले दिन नसके रोक्का गरिएको जग्गा फुकुवा गर्न माग पनि गरे।अलौ र्सिसियाबासीको धर्नामा नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाले पनि सहभागिता जनाएका थिए।

मंसिर १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्