धरानमा कांग्रेसले मतान्तर बढायो

विराटनगर –  सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाममा नेपाली कांग्रेसका उम्मेदवारले मतान्तर थप फराकिलो पारेका छन् ।

बिहान ८ बजे सार्वजनिक भएको मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले १६४७ मतान्तरसहित अग्रता लिएका छन् । उनले हालसम्म २४ हजार ६ सय ५१ मत प्राप्त गरेका छन् भने नेकपाका प्रकाश राईले २३ हजार ४ मत पाएका छन्।

२० वटा वडा रहेको धरान उपमहानगरपालिकामा अब वडा नम्बर १ र ७ को मात्र मतगणना हुन बाँकी छ । अहिले वडा नम्बर २ को मतगणना भइरहेको छ ।

मंसिर १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्