तेक्वान्दोमा आयशा शाक्यले दिलाइन् अर्काे स्वर्ण

काठमाडौँ – १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालले अर्को स्वर्ण जितेको छ ।

२९ वर्ष माथि उमेर समूहको पुम्सेको महिला एकलतर्फ आयशा शाक्यले स्वर्ण जितेकी हुन् ।

उनले ११ औँ सागमा पनि स्वर्ण जितेकी थिइन् भने १२ औँ सागमा रजत पदक जितेकी थिइन् ।

मंसिर १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्