१३ औँ साग

कराँतेमा नेपालको शानदार प्रदर्शन( तस्बिरहरु)

काठमाडौँ – १३ औँ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत कराँतेमा नेपालले शानदार सुरुवात गरेको छ। हालसम्म नेपालले कराँतेमा चार स्वर्ण र एक रजत जितेको छ। नेपालले पुरुष एकल काता, टिम काता, पुरुष कुमुते र महिला टिम कातामा स्वर्ण जितेको हो।

महिला एकल कातामा नेपालकी चन्चला दनुवार रजत पदकमा सिमीत भइन्। उनलाई पाकिस्तानकी खेलाडीले निराश बनाइन्।  मन्डेकाजी श्रेष्ठले पुरुष एकल कातामा स्वर्ण दिलाए। फाइनलमा उनले पाकिस्तानका खेलाडीलाई हराए।

उनीसहितको तीन सदस्यीय नेपाली टोलीले नेपाललाई पुरुष टिम कातामा पनि स्वर्ण पदक दिलायो। नेपाली टोलीमा प्रविन मानन्धर र महसुस तामाङ थिए। उनिहरुले श्रीलंकालााई फाइनलमा हराएका हुन्।

महिला टिम काताको फाइनलमा नेपालले पाकिस्तानलाई हरायो। नेपाली टोलीमा निर्मला तामाङ, संगिता मगर र सरु कार्की थिए। दुवै टिम काता स्पर्धामा चार देशको सहभागिता रहेको थियो। कराँतको पहिलो स्पर्धामा चन्चला रजतमा सिमित भएपनि त्यसपछि नेपालले लगातार स्वर्ण जितेको थियो।

कराँतेको पुरुष कुमुतेमा नेपालका लक्ष्मण तामाङले स्वर्ण जितेका छन् । उनले ५५ केजी तौल समूहमा स्वर्ण जितेका हुन् ।

सबै तस्बिरहरु: सुलभ श्रेष्ठ/देशसञ्चार

मंसिर १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्