सिटिजन्स बैंकलाई साउथ एशिएन पेडरेशन अफ अकाउन्टेन्ट अवार्ड

काठमाडौँ-सिटिजन्स बैंकलाई साउथ एशिएन पेडरेशन अफ अकाउन्टेन्टले (साफा) एसएएफए उत्कृष्ट अवार्ड प्रदान गरेको छ।

बंगलादेशको ढाकामा आयोजित एकसमारोहमा बैंकलाई साफाले उत्कृष्ट अर्वाड प्रदान गरेको हो ।

बैंकले सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभरनेन्स डिस्क्लोजर्स सर्टिफिकेट अफ मेरिटबाट पनि सम्मानित भएको हो।

यस्तै द इन्स्टिूट अफ चार्टर्ड एकाउन्टस् अफ नेपाल (आईक्यान) बाट सन् २०१८ को उत्कृष्ट वित्तीय प्रतिवेदनको अवार्ड जित्न सफल बैंकले सार्क राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरुबाट पनि चुनिएर निजी क्षेत्रको बैंकको तर्फबाट मेरिट सर्टिफिकेट प्राप्त गर्न सफल भएको बैंकले जनाएको छ।

उक्त अवार्ड प्राप्त गर्ने वित्तीय संस्थालाई संस्थागत सुशासन, वित्तीय पारदर्शिताको अभ्यास गर्ने जवाफदेही संस्थाको रुपमा लिइएको बैंकले जनाएको छ।

बैंकलाई उक्त अवार्डले थप उल्लेखनीय काम गर्ने हौसला मिलेको र आगामी दिनमा वित्तीय क्षेत्रमा उत्कृष्ट प्रदर्शन तथा वित्तीय पारदर्शीताको अभ्यास कायम राख्ने प्रतिबद्धता बैंक्ले जनाएको छ।

यस्तै सार्क राष्ट्रिहरुको लेखा पेशालाई नियमन गर्ने निकायहरुको छाता संगठन (साफा) ले हरेक वर्ष विभिन्न विधामा सर्वोत्कृष्ट वार्षिक प्रतिवेदन तयार गर्ने सार्क राष्ट्रिहरुको विभिन्न क्षेत्रका संस्थाहरुलाई सम्मानित गर्दै आइरहेको छ।

मंसिर १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू