नेपाललाई कराँतेमा अर्को स्वर्ण

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत सोमबार कराँतेमा ८4 केजी प्लस समूहमा स्वर्ण जितेपछि खुसी हुँदै नेपालका विप्लवलाल श्रेष्ठ। तस्बिर- सुलभ श्रेष्ठ/ देश सञ्‍चार

काठमाडौं-१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कराँतेमा नेपालले अर्को स्वर्ण पदक हात पारेको छ।

नेपालका विप्लवलाल श्रेष्ठले ८४ केजी प्लस समूहमा स्वर्ण जितेका हुन्।

उनले पाकिस्तानका मोहम्मद बाजलाई हराउँदै स्वर्ण हात पारेका हुन्।

योसँगै नेपालले नौ स्वर्ण जितिसकेको छ।

तस्बिरहरु- सुलभ श्रेष्ठ/देश सञ्‍चार

मंसिर १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्