सागमा नेपाललाई स्वर्ण दिन

नेपाललाई १५ स्वर्ण: कराँतेमा ७, तेक्वान्दोमा ७, ट्रायथलनमा १

काठमाडौं-१३ औँ दक्षिण एसियाली खेलकुद-सागअन्तर्गत नेपालले शानदार जीतको सुरुवात गरेको छ। नेपालले कराँतेमा ७, तेक्वान्दोमा ६ र ट्रायथलनमा एक स्वर्ण जितेको हो।

नेपालका लागि सोमबार अपरान्ह कराँतेका मन्डेकाजी श्रेष्ठ व्यक्तिगत काता पहिलो स्वर्ण दिए। यस्तै  महिला टिम काता र  पुरुष टिम कातामा स्वर्ण दिलाए।

यस्तै  पुरुषतर्फ ५५ केजी तौल मुनिमा लक्ष्मण तामाङले  स्वर्ण दिलाए भने  विप्लवलाल श्रेष्ठले पुरुष कुमुते ८४ केजीमाथि तर्फ स्वर्ण
दिलाए।

यस्तै कुसुम खड्काले ४५ केजी तौल समूह महिला तर्फ बंगलादेशी खेलाडी मौनजेरा बोर्नलाई हराउँदै स्वर्ण दिलाइन् भने अनु अधिकारीले  ५० केजी मुनि तौलतर्फ स्वर्ण दिलाइन्।

यस्तै महिला एकल कातामा नेपालकी चन्चला दनुवार रजत पदकमा सीमित भइन्। उनलाई पाकिस्तानकी खेलाडीले निराश बनाइन्।  यस्तै दिवश श्रेष्ठले कराँतेमा  ८४ केजीतर्फ रजतमा सीमित भएका छन्।

यस्तै तेक्वान्दोतर्फ  नेपालले ७ स्वर्ण जितेको छ पुरुष एकल पुम्सेतर्फ २३-२९ वर्ष उमेर  कमल श्रेष्ठले स्वर्ण दिलाए भने महिला एकल पुम्सेर्तफ १७-२३ वर्ष  सिना मादेन लिम्बुले स्वर्ण जितिन्।

यस्तै  महिला पुम्सेतर्फ २३–२९ वर्ष समूहमा पार्वती गुरुङले अर्को स्वर्ण दिलाइन् भने महिला एकल पुम्सेतर्फ २९ वर्षमाथि आयशा शाक्यले सर्वर्ण दिलाइन्।

यस्तै पुम्से जोडीतर्फ आयशा शाक्य र सञ्जिव कुमार ओझाले स्वर्ण दिलाए भने महिला पुम्से टिमतर्फ  निशा दर्नाल, स्वस्तिका तामाङ र संजिला तिमल्सिना (१७ देखि २३ वर्षसम्मको समूह)मा स्वर्ण दिलाए।

यस्तै महिला पुम्से टिमतर्फ भने  निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई (२३ देखि २९ वर्षसम्मको समूह)मा नेपाललाई सोमबार स्वर्ण दिलाउन सफल भए।

यस्तै पोखरामा भएको ट्रायथलनमा नेपालकी सोनी गुरुङले स्वर्ण जितेकी छन्। ट्रायथलनतर्फ सोमबार दुई वटा स्वर्ण विजताको टुंगो लागेको छ। नेपालले १२ औँ सागमा ३ स्वर्ण जितेको थियो। त्यतिबेला कराँते प्रतियोगितामा समावेश भएको थिएन। तेक्वान्दोमा भने स्वर्ण पदक जित्‍न सकेको थिएन।

मंसिर १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्