अस्पतालबाटै प्रधानमन्त्रीले भिडियोमाफर्त भने : म निको हुँदै छु

प्रधानमन्त्री केपी शर्मा ओली।

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निको हुँदै गइरहेको सन्देश भिडियोमार्फत आफैंले दिएका छन्।

शिक्षण अस्पताल महाराजगञ्जमा एक सातादेखि एपेन्टिसाइसिटको अपरेशसनपछि उपचार गराई रहेका ओलीले स्वास्थ्य उल्लेख सुधार भइरहेको जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले १३औं सागको आइतबार उद्घाटन अस्पतालबाटै हेरेको र सफल भएको खुशी व्यक्त गरेका छन्।

ओलीले भिडियोमा भनेका छन्, ‘मेजर अपरेजशनपछि पनि म बोल्न, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु। समाचार हेर्न सक्ने अवस्थामा छु। १३औं सागको उद्घाटन हेरे। कार्यक्रमको उद्घाटन गरिदिनुभएकोमा राष्ट्रपतिलाई र उपस्थिति सबैलाई धन्यवाद दिन चाहन्छु।’

ओलीले आफ्नो स्वास्थ्य अचान समस्या भएको र एपेन्टिसाइटिसले बाहिर समेत इन्फेक्सन भएको जनाए।

प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ

‘एपेण्डीसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन । यो अचानक आइलाग्छ । मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो । त्यसमा इन्फेक्सन भएछ । र, त्यो बाहिर पनि फैलिएछ । त्यसमा मात्रै इन्फेक्सन सिमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो । बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनु पर्यो। त्यस कारण उपचारका क्रममा हप्ता दश दिन लाग्ने भयो । तर, मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अपरेशनपछि तपाईंहरु देखिरहनु भएको छ– मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु । 

हिजो मैले १३ औं ‘साग’को उद्घाटन समारोह पनि पूरै हेरेँ । हुन सक्छ कि सक्दैन भन्ने दुविधा समाप्त भएकामा खुसी लाग्या छ । म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनु भएकोमा, अरु सबैलाई सहभागि हुनु भएकोमा धन्यवाद भन्न चाहन्छु । मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु, सबैलाई आग्रह गर्दछु ।’ 

 

–केपी शर्मा ओली
प्रधानमन्त्री
(मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसीयु कक्षबाट)

मंसिर १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्