काठमाडौँबाट पोखरासम्म कार र्याली हुने

काठमाडौँ – भ्रमण वर्ष २०२० को प्रचार प्रसार गर्ने उद्दश्यले कार ¥याली हुने भएको छ। स्कुल इन्टरनेशनलले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै कार र्याली हुने बारे जानकारी दिएको हो।

युरोपको स्पेनमा मुख्यालय रहेको स्कल इन्टरनेशनलले नेपालमा रहेको स्कल इन्टरनेशनल नेपाल शाखा सँग मिलेर कार ¥याली गर्न लागेको बताएको छ। डेस्टिनेसन अफ द यर २०२० नाम दिएर कार र्याली हुने स्कल इन्टरनेशनल नेपालले बताएको छ।
कार ¥याली काठमाडौँबाट चितवन, चितवनबाट पोखरा सम्मको हुनेछ। ६ डिसेम्बरमा सुरु भएको कार ¥याली चितवन हँुदै ८ डिसेम्बरमा पोखरा पुगेर सम्पन्न हुनेछ।
¥यालीमा पर्यटन ब्यबसायी होटल ब्याबसायी साथै स्कल इन्टरनेशनलका बिदेशी प्रतिनिधिहरु पनि सहभागी हुने बताइएको छ । कार ¥यालीको दौरान स्कल इन्टरनेशनलका प्रतिनिधिहरुले स्थानीय पर्यटन ब्यबसायीहरु सँग छलफल अन्तरक्रिया समेत गर्ने कार्यक्रम रहेको छ।

मंसिर १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्