पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा २ रुपैयाँ बढ्यो

काठमाडौं- नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ बढाएको छ।

निगमले सोमबार विज्ञप्ति जारी गर्दै राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको जनाएको हो।

भारतीय आयल कर्पोरेशनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।

निगमका अनुसार  काठमाडौंमा  अब नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १०९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ  पर्नेछ। तर हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत नै राखिएको निगमले जनाएको छ।

मंसिर १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू