हुम्लामा प्रहरी प्रशासन पुर्वाग्राही भएको काँग्रेसको आरोप

सिमकोट–नेपाली काँग्रेस हुम्लाले खार्पुनाथ गाउँपालिकामा सम्पन्न उपाध्यक्ष पदको उपनिर्वाचनमा प्रहरी प्रशासन पूर्वाग्रही भएको आरोप लगाएको छ।

सोमबार मतदान गरेर सहयोग सबै मतदाताहरुलाई धन्यवाद दिँद विज्ञप्ति मार्फत गाउँपालिकाका नागरिकलाई धन्यवाद र प्रहरी प्रशासनलाई पूर्वाग्रही भएको आरोप लगाएको हो।

खार्पुनाथ गाउँ पालिकाबासीले नेपाली काँग्रेसलाई देखाइएको माया, ममता र स्नेहको काँग्रेस जहिले पनि सदुपयोग गर्ने कुरा सबैमा विस्वस्त पारेको बताउँदै वर्तमान नेकपाको दुई तिहाईको सरकारको इशारामा चल्ने प्रहरी प्रशासन पनि जसरी काँग्रेसका विरुद्ध लागेर निर्वाचन हराउने कार्यको सहयोगी बनेकोमा दुःख लागेको बताइको छ।

मंसिर १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्