जगत र रञ्‍जितलाई यो वर्षको नारायण गोपाल स्मृति पुरस्कारबाट सम्‍मान गरिने

काठमाडौँ-स्वर सम्राट नारायण गोपालको २९ औँ स्मृति दिवसको अवसरमा दुई संगीतकर्मीलाई सम्मान गरिने भएको छ।

नारायण गोपाल संगीत कोषका सदस्य एंव प्रशिक्षक राजकुमार श्रेष्ठका अनुसार यो वर्ष एक जना गायक, संगीतकार र गीतकार जगत मर्दन थापा र संगीतकार रंजीत गजमेरलाई सम्मान गर्न लागिएको हो।

स्वर सम्राटको स्मृति दिवसको अवसरमा उनको घरमा नै कार्यक्रमको आयोजना गरी ताम्रपत्र सहित २५ हजार नगद राशीले सम्मान गर्न लागिएको श्रेष्ठले बताए। स्रस्टाहरुलाई प्रेरणा दिन, जाँगर दिन र उनीहरुको सृजनाको कदर गर्नको लागि यो सम्मान हरेक वर्ष गरिएको श्रेष्ठले बताए।

सम्मानित हुने मध्ये संगीतकार गजमेरले नारायण गोपालसँग धेरैओटा गीतमा काम गरेका छन्। लाहुरे चलचित्रको पहाडको माथी माथी घुम्दै उडेर, वीरताको चिनो, यस्तै चिनो चलचित्रको तिम्रो मनमा लुकेको कुरा, मोहनी लाग्ला है, जन्मिएर कोखमा कसैको यस्तै जीन्दगानी गोरेटोमा घामछाँया हो बोलको गीत कोशेली चलचित्रको लागि र दक्षिणा चलचित्रको यो मुटुलाई कसरी सम्झाई बुझाउ लगायत रहेको छ।

मंसिर १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू