छोराको संझनामा लाखौ रकम खर्चेर ‘डिहबार थान’

उदयपुर- छोराको सम्झनामा गाउँमा रहेको राजाजी डिहवार वावाको थानलाई लाखौ रकम खर्च गरेर मर्मत तथा सम्भार गरेको छ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ८ उत्तरवारीटोल मा रहेको राजाजी डिहवार वावाको थानलाई स्थानिय ध्रुवलाल चौधरी र उनको श्रीमती राजवती चौधरीले स्व.छोरा आसाराम चौधरीको सम्झनामा थानलाई मर्मत सम्भार गरी आकर्षक बनाएको छ ।

ध्रुवलाल चौधरीको कान्छो छोरा श्याम चौधरीका अनुसार मन्दिरको वरीपरी भुइ ढलान,वाल र भुईमा मार्वलसहित पलस्टर गरिएको बताए। उनका अनुसार स्व .दाजुको सम्झनामा गाउँलेको केही श्रमदान सहयोगमा मन्दिरको मर्मत सम्भार गरिएको बताए।

उनका अनुसार २०६२ शाल माघ तिर त्रियुगा नगरपालिका ६ लालपत्ताको पुलमा मोटरसाइकल दुर्घटनामा दाजु आसाराम चौधरीको मृत्यु भएको थियो।

उहाकै सम्झनामा गाउँमा रहेको थान जुन थारु परम्परा अनुसार सधै उपयोग हुने स्थान हो। तर स्थानिय निकाय र सरोकारवलाको वेवास्ता र चासो विहिनका कारण अधुरो र अपुरो हुदा आफु यस्को र्ममत सम्भारमा जुटेको बताए।

उनले भने, ‘थारु समुदायमा राजाजी डिहबार मन्दिरको निकै महत्व हुन्छ। थारु समुदायले गर्ने हरेक रीतिरिवाज,परम्परा ,पुजा पाठमा मन्दिरमा गएर साँझ बत्ती वालेर मात्र पारम्भ गर्छ।माटोको पूजा गर्ने भएकाले थारु समुदाय प्रकृति पूजक हुन।’

त्यस्तै विवाहा हुँदा नव दुलहा-दुलहीलाई पनि राजाजीको मन्दिर परिक्रमा गर्नु पर्ने चलन रहको स्थानिय थानपति हरिनरायण दास थारुले बताए। उनले भने, ‘थारु समुदायमा असार पहिलो दिन मनाइने अखारी पूर्णिमा पर्वमा धुमधामका साथ पूजा पाठ गर्छौ। मन्दिरमै गाउँका सबैजना सामूहिक रुपमा माटोमा लिपेर प्रकृतिको राजाजीको पूजा गर्ने र मौलिक गीत गाउँछौ। हाम्रो समाजको रक्षाको लागि प्रार्थना गर्छौ।यही नै हाम्रो माटो प्रतिको माया हो।’

मन्दिर निमार्ण गर्न स्वःगोहि दास चौधरीले जग्गा दान गरेका हुन् भने गाउँका सवै मिलेर चन्दा संकलन गरेर निमार्ण गरेको हो। पछि संघिय सांसदको कोष वाट मन्दिरको घेरा वेरा लगाएको थियो भने अहिले स्थानिय श्याम चौधरीको सहयोगमा उहाको स्वःदाजुको सम्झनामा मन्दिर र्ममत सम्भार गरिएको छ।

मंसिर १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू