प्रधानमन्त्रीसँगै बसेर सागको लाइभ हे‍र्ने मौका पाउँदा डाक्टर दंग

डा. भण्डारीका साथ प्रधानमन्त्री केपी शर्मा ओली।

काठमाडौँ- मनमोहन कार्डियो भास्कुलर थोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगै बसेर सागको प्रत्यक्ष प्रसारण हेर्ने मौका पाएको भन्दै डाक्टर रमेशसिंह भण्डारीले प्रसन्नता व्यक्त गरेका छन्।

लिभर तथा ग्यास्ट्रोइन्टेन्सियल रोग विशेषज्ञ प्रो. रमेशसिंह भण्डारीले सोमबार ट्विट गरेका छन्, ‘सानोमा कहिल्यै बुबासँग बसेर टिभी हेरेको सम्झना छैन। अहिले आएर प्रधानमन्त्रीसँगै बसेर सागको प्रत्यक्ष प्रसारण हेर्ने माैका पाएँ, मलाई असीमित खुसी लागेको छ। त्यस्तो महत्वपूर्ण क्षणका कारण मैले भाग्यशाली महसुस गरेको छु।’

एपेन्डिसाइटिस भएर मनमोहन अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीलाई भण्डारीसहितका चिकित्सकहरुको टोलीले हेरिरहेको छ। आइतबार दशरथ रंगशालामा भएको सागकफ प्रत्यक्ष प्रसारण अस्पतालमै ओलीसँगै बसेर भण्डारीसहितले हेर्ने  माैका पाएका थिए।

मंसिर १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्