महिला भलिबलमा स्वर्ण पदकका लागि आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने

सांकेतिक तस्बिर

काठमाडौँ – तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको उपाधि अर्थात स्वर्ण पदकका लागि मंगलबार नेपाली टोलीले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

महिला भलिबलको स्वर्ण पदकका लागि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा नेपाल र भारतबिच खेल हुन लागेको हो । खेल दिउँसो दुई बजेपछि सुरु हुनेछ ।

नेपाली टोलीलाई समूह चरणमा भारतसँग भोगेको पराजयको बदला लिने मौका पनि फाइनल खेल बनेको छ । सेमिफाइनलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । यस्तै भारतले माल्दिभ्सलाई पराजित गरेर फाइनल यात्रा तय गरेको हो ।

यसअघि सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई ३–० ले पराजित गरेर काश्य पदक जितेको छ ।

मंसिर १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्