भारत भर्सेज पाकिस्तानः पुरुष भलिबलमा स्वर्णको छिनोफानो आज

सांकेतिक तस्बिर

काठमाडौँ – तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबल तर्फ उपाधि अर्थात स्वर्ण पदक विजेताको छिनोफानो मंगलबार हुँदैछ ।

स्वर्ण पदकका लागि भारत र पाकिस्तानबिच प्रतिस्पर्धा हुने भएको हो । भारत र पाकिस्तानबिच अपराहन्न चार बजेपछि त्रिपूरेश्वर स्थित कर्भड हलमा स्वर्णका लागि प्रतिस्पर्धा हुने भएको हो ।

भारतले श्रीलंका तथा पाकिस्तानले बंगलादेशलाई पराजित गरेर फाइनलमा स्थान बनाएका हुन् । नेपाली टोली भने समूह चरणबाटै बाहिरिएको थियो ।

मंसिर १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू