काठमाडाैँ– १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलतर्फ फाइनलमा भारतसँग पराजित भएर रजतमै सिमित भएपछि नेपाली खेलाडी आँखाभरी आँसु पारेर भलिबल काेर्टबाट बाहिरिका छन्।

भारतसँगकाे हारपछि नेपाली खेलाडीहरु रुँदै बाहिरएका हुन्।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएकाे प्रतिस्पर्धात्मक खेलमा नेपाल भारतसँग ३–२ काे सेटमा पराजित भएकाे हाे। जितसँगै भारतले स्वर्ण जितेकाे छ भने नेपाल रजत पदकमा सिमित भएकाे छ। रजतमै सिमित भए पनि भलिबलमा नेपालकाे याे ऐतिहासिक सफलता हाे।

नेपाल र भारतबीच भएकाे फाइनल राेमाञ्चक बनेकाे थियाे। पहिलो सेट २५–१७ ले गुमाएको नेपालले दोस्रो सेट २५–२३ र तेस्राे सेट २५–२१ ले जित्याे। तर भारत चाैथाे सेट २५–२० ले जितेर खेलमा फर्किएकाे थियाे।

अन्तिम तथा पाँचाै सेटमा भारतले नेपाललाई १५–६ काे सेटमा पराजित गर्दै स्वर्णपदक जितेकाे हाे। प्रतियाेगताकाे बलियाे टाेलीकाे रुपमा रहेकाे भारतलाई नेपाली खेलाडीले कडा चुनाैती दिएका थिए।

देश सञ्चारकी फाटाे पत्रकार बर्षा शाहले क्यामेरामा कैद गरेका केही तस्बिरहरु