रंगभूमि मैदान बाह्रविघा फोहोरमैलाले दुर्गन्धित

जनकपुमार एक साता भएको विवाहपञ्‍चमीपछि रंगभूमि मैदान बाह्रबिगहामा जथाभावी फालिएको फोहोर। तस्बिर- राजा झा/देश सञ्‍चार

जनकपुरधाम-सप्ताहव्यापी महोत्सव विवाहपञ्चमी सकेपछि अहिले जनकपुरधामको रंगभूमि मैदान फोहोर मौलाले दुर्गन्धित बनेको छ।

लाखौँको संख्यामा यहाँ श्रद्धालु भक्तजनहरु आएपनि शौचालय लगायतको अभावमा जताततै शौच गरेपछि अहिले रंगभूमि मैदान पूर्ण रुपले दुर्गन्धित बनेको छ।

श्रद्धालु भक्तजनको वासको उचित व्यवस्थापन गर्न नसकेको जनकपुरधाम उपमहानगरपालिकाले श्रद्धालुहरु गएपनि तिनीहरुले प्रयोग गरेको प्लाष्टिकजन्य पदार्थ लगायत खुल्लामा शौच गरेपछि तिनीहरु गईसक्दापनि त्यसको सरसफाई गरिएको छैन्।

मंसिर १० गते देखि १६ गते सम्म चलेको सीताराम विवाहपञ्चममीमा अत्याधिक संख्यामा श्रद्धालुहरु आएपछि होटेलको अभावमा तिनीहरु खुल्ला ठाउँमा बसोबास गरेका थिए।

बसोबासको उचित व्यवस्थापन गर्न नसकेको स्थानिय सरकारले सरसफाईमा समेत ध्यान नदिदाँ अहिले पूरा क्षेत्रनै दुर्गन्धित बनेको छ।

अन्य समसमा विभिन्न सरसफाई अभियानीहरु नजरको विभिन्न क्षेत्रमा सरसफाई गरेतापनि अहिले अत्याधिक दुर्गन्धित बनेको रंगभूमि मैदानमा कुनै प्रकारको सरसफाई नगरेपछि त्यसबाट आवत जावत गर्नेहरुलाई समेत नाक बन्द गरेर जानुपर्ने बाध्यता भएको छ।

मंसिर १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्