ललितपुर महानगरलाई अपाङ्गतामैत्री बनाउने तयारी, मेयर महर्जन उत्साहित

काठमाडौँ-सजक र संवेदनशील भएर काम गरेमा आगामी केही वर्षमै ललितपुर महानगरपालिकालाई अपांगतामैत्री क्षेत्रका साथै स्वच्छ सहर घोषणामा ढिलाई नहुने सरोकारवालाले निष्कर्ष निकालेको छ।

२८औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवका अवसरमा महानगरको आयोजना, स्वावलम्ब जीवन पद्धति केन्द्र, करुणा फाउण्डेशन लगायतको संयोजनमा पछिल्ला तीनमा आयोजना भएका विभिन्न सचेतामूलक कार्यक्रम गरेर उक्त निष्कर्ष निकालिएको हो।

महानगरपालीका मेयेर चिरीबाबु महर्जनले अपांगतामैत्री संरचनायुक्त महानगर बनाउने घोषणा गर्नुका साथै अपांगता मैत्री सवारी साधनको समेत व्यवस्था गर्ने र त्यो अपांगता भएका व्यक्तिहरुले प्रयोग गर्न पाउने आश्वासन दिएका छन्।

महानगरकी उपमेयर गीता सत्यालले स्वावलम्बन जीवन पद्धति केन्द्रसँग मिलेर घरभित्र सीमित भएका पूर्ण र अति अशक्त अपांगता भएका व्यक्तिलाई समाजमा स्थापित गर्नका लागि ठोष कार्ययोजना अघि सार्ने घोषणा गरिन्।

ललितपुरका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले अपांगता भएका व्यक्तिहरुको सवालमा उठेका यातायात, ट्राफिक लगायत विभिन्न समस्या समाधानका लागि आफू तयार रहेको र त्यसका लागि सरोकारवाला निकायहरुलाई निर्देशन समेत दिने गर्ने बताए।

महिला विकास केन्द्रका प्रमुख महेश्वरी रावल विष्टले ललितपुरका अपाङ्गता भएका व्यक्तिहरुका लागि तत्काल घरभेट कार्यक्रमसहित उनीहरुको सीप विकासमा सहयोग गर्ने बताएकी छिन्।

केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठले पूर्ण र अति अशक्त अपांगता भएका व्यक्तिहरुलाई उनीहरुलाई आवश्यक पर्ने सहयोगी साधन, सेवा र बैराहरुका लागि सांकेतिक भाषाको जनशक्ति उपलब्ध गराउनु पर्ने।

अपांगता भएका व्यक्तिहरुका लागि व्यवधानको रुपमा खडा भएका भौतिक पूर्वाधार, नीतिगत अवरोध,संस्थागत अवरोध लगायतको अन्त्य गर्नका लागि महानगरपालीका,सरोकारवाला संघसंस्था र सरकारसँग मिलेर काम गर्नु पर्ने अहिलेको आवश्यकता भएको औल्याएका थिए।

दिवसमा अवसरमा महानगरले विगतको भन्दा पूर्वपतिवद्धता अनुसार अपांगतामैत्री महानगरपालिकामा लिफ्ट र अपांगतामैत्री कुपोण्डोल देखि पुलचोकसम्म सडकपेटी निर्माण गरेको छ ।

महानगरले सबै वडा कार्यालयहरु, शौचालयहरु, सार्वजनिक बस, अपांगतामैत्री निर्माण गर्ने तयारी समेत गरेको छ। यस्तै साझा वसमा अपांगता भएका व्यक्तिले निल्शुल्क यात्रा गर्ने र त्यो शुल्क महानगरले तिर्ने व्यवस्था गरिएको छ।

अपांगता भएका व्यक्तिको नीजि घर बनाउनु परेमा नक्सा पास निःशुल्क हुने व्यवस्था समेत भइसकेको छ।ललितपुरमा हालसम्म तीन सय ८० जना अपांगता भएका व्यक्तिहरुले आफ्नो परिचयपत्र प्राप्त गर्न सफल भइसकेका छन्।

त्यसमा रातो परिचयपत्र एक सय २४ जना, निलो परिचयपत्र एक सय ९४ जना, पहेँलो परिचयपत्र ५७ जना, सेतो परिचयपत्र ८ जनाले प्राप्त गरिसकेका छन्।

उक्त परिचयपत्र घुम्तीशिविरसँगै घरदैलोमै पुगेर वितरण गरिएको हो।

दिवसका अवसरमा हातेमालो सञ्चारले हामी सक्छौँ भन्‍ने शीर्षकको नाटक, बुग्मतीको स्थानीय विद्यालयका विद्यार्थीले बाध्य– बाधन, सिबिरआर पाटनको आयोजनामा बौदिक अपांगता भएका व्यक्तिहरुद्धरा कुमारी नृत्य, नेपाल अपांग महिला समाजले ह्‍विलचेयर नृत्यु प्रर्दशन भएको थियो।

मंसिर १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्