गढीमाइमा बलि दिन नेपालदेखि भारतका भक्तजनको भीड

पर्सा-मनोकामना पूरा भएको भन्‍दै बलि दिन विश्व प्रसिद्ध गढीमाई मेलामा मंगलबार नेपाल तथा भारतका श्रद्धालु भक्तजनहरुको भीड लागेको छ। पाँच वर्षमा एकपटक लाग्ने बाराको गढीमाइ नगरपालिका वडा-१ बरियारपुरस्थित गढीमाई मेलामा भक्तजनहरु बलि दिन त्यहाँ आइपुगेका हुन।

उनीहरु मोटरसाईकल,टेम्पो,कार जिप बस,भ्यान टयाक्टर लगायतका सवारी साधनहरुमा सवार भएर मेलामा पुगेका थिए।बलिको नामले परिचित गढीमाइ मेलामा बोकाको समेत बलि दिइएको छ।

आफ्नो मनोकामना पूरा भएकोले गढीमाई मेलामा श्रद्धालु भक्तजनहरुले पशुबली दिने गरेका छन्।मंगलबार नै बलि दिएपछि टाढा टाढाका श्रद्धालुहरु प्रसाद स्वरुप बली दिइएको बोकोको मासु पनि आफू बसेकै ठाउँमा पकाएर खाएका थिए।नेपालको दुर दाराज तथा भारतको विभन्‍नबाट श्रद्धालुहरु बलि दिन गढीमाई मेलामा आउने गरेका छन्।

सोमबार रातिदेखि नै टाढा टाढाबाट लाखौको सँख्यामा श्रद्धालुहरु विभिन्‍न सवारी साधनहरु लिएर मेलामा आएपछि वरपरका खाली रहेका खेत ,जमिन, पेट्रोल पम्प,बिभिन्न सँघ सँस्थाले बनाएको नि:शुल्क बस्ने टेन्टहरुमा खचाखच भक्तजनहरु भरिएका थिए।

गढीमाई मेलामा अत्याधिक मात्रामा श्रद्धालुहरु पुगेपछि कलैयादेखि गढमिाई मन्दिरसम्म लामो ट्राफिक जाम लागेको छ।अत्याधिक मात्रामा श्रद्धालुहरु बिभिनन सवारी साधनहरु लिएर मेला घुम्न आएपछि ट्राफिक प्रहरी,नेपाल प्रहरी तथा ससशस्त्र प्रहरीहरुलाई जाम हटाउन भ्याइ-न्भ्याइ भएको छ।

भारतबाट श्रद्धालुहरु बिरगञ्ज नाका पर्सा जिल्लाको ठोरी, भिस्वा,जानकी टोला, बाराको मटिअर्वा,सिम्रौनगढ,रौतहटको गौर लगायतका ग्रामीण छोटी नाकाहरुबाट आएका थिए। महिनासम्म लाग्ने गढीमाइ मेला मंसिर १ बाट शुरु भएको र आउदो माघ १ गतेसम्म मेला चल्नेछ।

मंसिर १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्