मिक्स ट्रायथलनमा भारतले जित्यो स्वर्ण, नेपाललाई रजत पदक

पोखरा – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मिक्स ट्रायथलनमा भारतले स्वर्ण पदक जितेको छ।

नेपाल र श्रीलंकालाई पछि पार्दै भारतले महिला पुरुष मिक्स ट्रायथलनमा भारतले स्वर्ण जितेको हो । नेपाल रजतमा समेटिएको छ, भने कास्य पदक श्रीलंकाले पाएको छ ।

ए, बि, सि र डि समूह गरी नेपालका तर्फबाट सोनी गुरुङ, दीपेश चौधरी, केशरी थापामगर र बसन्त थारु सम्मिलित टोलीले स्पर्धामा सहभागिता जनाएको थियो ।

स्पर्धामा ३ सय मिटर पौडी, ७.५ किलोमिटर साइकिलिङ र १.२५ किलोमिटर रनिङ गराइएको थियो । खेल पोखराको लेकसाइडमा सम्पन्न भएको हो ।

यसअघि ट्रायथलन अन्तर्गतकै महिला स्प्रिन्ट विधामा सोनी गुरुङले नेपाललाई स्वर्ण दिलाइसकेकी छन्।

मंसिर १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्