एकै दिन प्रतितोला आठ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ–साताको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ७१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर ७२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर ७१ हजार नौ सय रुपैयाँमा काराबार भइरहेको छ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर आठ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य तोलामा आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंसिर १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्