फोटो फिचर

कीर्तिमानी स्वर्ण पदक पाउँदा सन्तोषीको मुहारमा झल्कियो खुशी

स्वर्ण पदक ग्रहण गर्दै सन्तोषी श्रेष्ठ । तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौँ – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्समा कीर्तिमानी स्वर्ण पदक जितेकी सन्तोषी श्रेष्ठ विशेष समारोहकाबिच पदक ग्रहण गरेकी छन् ।

मंगलबार भएको १० हजार मिटरको महिला तर्फको स्पर्धामा सन्तोषीले एक मिलिसेकेण्डले भारतकी कविता यादवलाई पछि पारेर स्वर्ण पदक जितेकी थिइन् ।

उनले १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी हुन् । उनले इतिहास बनाइन् । सागमा नेपाली महिला खेलाडीले एथ्लेटिक्समा स्वर्ण पदक जितेको यो पहिलो पटक हो । मंगलबार भएको प्रतिस्पर्धामा सन्तोषीले १० हजार मिटरको दूरी ३५ मिनेट ०७.९४ सेकेण्डमा पूरा गरेर स्वर्ण जितेकी हुन् ।

भारतकी कविता यादवलाई ०.०१ सेकेण्डले पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन् । श्रीलंकाकी निलान्थी लंकाले ३५ मिनेट ५९.०२ सेकेण्डको समयमा दौड पूरा गरेर काश्य पदक हात पारिन् ।

स्वर्ण पदक जितेकी सन्तोषी धादिङकी खेलाडी हुन् । उनले प्रदेश तीनबाट खेल्ने गरेकी थिइन् । विभागी टोलीमा नरहेकी उनले आठौँ राष्ट्रिय खेलकुदमा पनि १० हजार मिटर दौडामा स्वर्ण पदक जितेकी थिइन् ।

स्वर्ण पदक ग्रहण गर्दै सन्तोषी श्रेष्ठ । तस्बिर : बर्षा शाह/देश सञ्चार

मंसिर १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्