टेलिकमको अफर: ‘आफन्तलाई उपहार, सम्बन्ध सदाबहार’

काठमाण्डौँ-नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राख्दै भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ ।

यो सुविधा अन्तर्गत निश्चित दिनका लागि भ्वाइस वा डाटा सेवा साथीभाइ वा आफन्तलाई उपहारका रुपमा प्रदान गर्न सकिन्छ । यो सेवा उपयोग गर्नका लागि सर्वप्रथम नेपाल टेलिकमको ‘एप’ आफ्नो मोबाइलमा डाउनलोड गर्नुपर्छ ।

एण्ड्रोइड मोबाइल प्रयोगकर्ताले ‘प्ले स्टोर’ र आइफोन प्रयोगकर्ताले ‘एप स्टोर’मा गइ नेपाल टेलिकमको लोगो अंकित एप डाउनलोड गर्न सकिन्छ । डाउनलोड गरेपछि ‘रजिस्टर’मा क्लिक गर्नुपर्छ । एपले मागेअनुसार प्रयोगकर्ताको नाम, मोबाइल नम्बर, पासवर्ड लगायत विवरण राखेपछि लग इन हुन्छ ।

त्यसपछि मोबाइलमा तत्कालै सन्देशका रुपमा एक पटकका लागि कोड नम्बर आउँछ । त्यो कोड नम्बर हालेर नेपाल टेलिकमको एप प्रयोग गर्न सकिन्छ । यही एपमार्फत प्रयोगकर्ताले आफन्त वा साथीभाइलाई कुराकानी गर्ने वा इन्टरनेट चलाउने समय उपहारका रुपमा प्रदान गर्न सक्नेछन् । इन्टरनेट चलाउने डाटा सेवा उपहारस्वरुप दिन चाहनुहुन्छ भने एप खोलेर ‘गिफ्ट प्याकेज्स’मा क्लिक गर्नुपर्छ ।

त्यसपछि डाटा लेखिएको एपमा गएर जम्मा १२ रुपैयाँमा २४ घण्टासम्म २८ एमबी डाटा चलाउन सकिन्छ, ३० रुपैयाँमा ३ दिन चलाउन मिल्ने ९० एमबी, ६० रुपैयाँमा ७ दिनको लागि १९० एमबी, १०० रुपैयाँमा ५०० एमबी र २४० रुपैयाँमा २८ दिन चलाउन सकिने १५०० एमबी डाटा गिफ्ट गर्न सकिन्छ ।

कति एमबीको डाटा उपहार दिने हो, निश्चित गरेपछि ‘क्लिक टु सब्सक्राइब’ लेखिएको ठाउँमा क्लिक गरी दिन चाहेको मोबाइल नम्बर लेखेर ओके गर्नुपर्छ । प्रिपेड तथा पोस्टपेड मोबाइलका प्रयोगकर्ताले यो सुविधा लिनसक्नेछन् ।

साथै यही एपको गिफ्ट प्याकेज्समा गइ ‘भ्वाइस क्लिक’ गरी २५ रुपैयाँको ४० मिनेट कुरा गर्न सकिने १ दिने प्याकेज उपहार दिन सकिन्छ । सात दिनसम्म १९० मिनेट कुरा गर्न सकिने प्याकेज उपहार दिने हो भने १०० रुपैयाँ लाग्छ । त्यस्तै २४० रुपैयाँमा २८ दिनसम्म ४९० मिनेट कुरा गर्न सकिने प्याकेज पनि उपहार दिन सकिन्छ ।

५ सयमा ४२ दिनसम्म प्रयोग गर्न सकिने १ हजार १ सय मिनेट गिफ्ट गर्न पनि सकिन्छ । यसैगरी http://offer.ntc.net.np/ मा गएर पनि आफूले चाहे बमोजिमका प्याकेजहरु साथीभाइ र आफन्तलाई उपहारका रुपमा प्रदान गर्न सकिन्छ। यस योजनामा गिफ्ट दिनेको मोबाइल ब्यालेन्सबाट रकम काटिने टेलिकमले जनाएको छ ।

मंसिर १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्