ट्रम्पको मजाक उडाएको भिडियो सार्वजनिक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोको आलोचना गरेका छन् । ट्रूडो द्वेध चरित्रको व्यक्ति रहेको ट्रम्पले बताएका हुन् ।
नेटोको बैठकको क्रममा ट्रम्पको मजाक ट्रूडोले गरेको भिडियो सार्वजनिक भएपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।
सार्वजनिक भएको भिडियो फुटेजमा क्यानडाका प्रधानमन्त्री ट्रूडो, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन तथा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिना तयारी गरेको पत्रकार सम्मेलनबाट कुराकानी गरेका छन् ।
नेटोको ७० औँ स्थापना दिवसका अवसरमा लण्डन नजिकै भएको बैठकमा नेताहरुबिच एकताको सहमति भएको छ तर विभिन्न विषयमा विवाद पनि देखएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले नेटो सम्मेलनपछिका लागि तय भएको पत्रकार सम्मेलनमा सहभागी नहुने बताए।
ट्रम्पले पत्रकारसँग भने, ‘हामी सिधै फर्किने छौँ । मलाई लाग्छ हामीले धेरै पत्रकार सम्मेलन गरिसक्यौँ।’
.@JustinTrudeau, @EmmanuelMacron, @BorisJohnson and other VIPs shared a few words at a Buckingham Palace reception Tuesday. No one mentions @realDonaldTrump by name, but they seem to be discussing his lengthy impromptu press conferences from earlier in the day. (Video: Host Pool) pic.twitter.com/dVgj48rpOP
— Power & Politics (@PnPCBC) December 3, 2019
क्यानडाको सार्वजनिक प्रशारण संस्था सिबिसीले आफ्नो ट्वीटर ह्याण्डलमा पोस्ट गरेको छोटो अवधिको भिडियोमा प्रधानमन्त्री ट्रूडोले बेलायती प्रधानमन्त्री जोन्सन, फ्रान्सेली राष्ट्रपति म्याक्रोँ, डच प्रधानमन्त्री मार्क रुत्ते र बेलायती महारानी एलिजाबेथकी छोरी राजकुमारी एनीसँग कुराकानी गरिरहेको देखिन्छ ।
भिडियोको सुरुमा जोन्सनले म्याक्रोँसँग सोध्छन्, ‘के हामी यहि कारण ढिला भइरहेका छौँ?’
त्यसको जवाफमा म्याक्रोँले नभई ट्रूडोले दिन्छन् र भन्छन्, ‘उहाँ ढिला हुनु भयो किनकी उहाँले ४० मिनेट लामो माथिल्लो तहको पत्रकार सम्मेलन गर्नु भयो ।’ त्यसपछि म्याक्रोँले उपाख्यान भनेका छन्, तर त्यो राम्रोसँग सुनिभएको छैन ।
उनीहरुको कुराकानी रेकर्ड भइरहेको कसैले पनि थाहा पाएनन् ।
यो भिडियो सार्वजनिक भएपछि ट्रम्पले भनेका छन्, ‘ट्रूडो टू फेस वाला रहेछन्…मैले राम्रो व्यक्ति ठानेको थिएँ तर होइन रहेछ ।’