जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु

काठमाडौँ – सिद्धार्थ राजमार्गस्थित पाल्पाको तिनाउ गाउँपालिका – ५ चौबिसमाइलमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

लु १ ज ४२०९ नम्बरको जिप सडकबाट झण्डै दुई सय मिटर तल खस्दा दुई जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा चालक पाल्पा रैनादेवी छहरा गाउँपालिका–५ का २३ वर्षीय दिलिप बम्रेल र सोही गाउँपालिका–४ का २६ वर्षीय सहचालक कृष्णबहादुर कार्की रहेका प्रहरीले जनाएको छ।

मंसिर १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्