महिला फुटबलमा माल्दिभ्सविरुद्ध नेपालले लियाे २–० काे अग्रता

पोखरा– १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा माल्दिभ्सविरुद्ध नेपालले पहिलाे हाफसम्म २–० गोलको अग्रता लिएको छ।

पोखरा रंगशालामा जारी खेलमा नेपालले १६ औँ मिनेटमा अग्रता लिएको हो। सावित्रा भण्डारीले अनिता बस्नेतको पासमा हेडिङमार्फत गोल गरेकी हुन्।

नेपालले २० औँ मिनेटमा अग्रता दोब्बर बनाएकाे  छ। नेपालका लागि दाेस्राे गाेल पनि सावित्राले  नै गरेकी हुन्।

खेलको सुरुदेखि नै नेपालले माल्दिभ्सलाई दबाब राखेको छ।

मंसिर १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्