स्वर्ण जितेपछि गाैरिकाले भनिन्, ‘यो मन त मेरो नेपाली हो’

गौरीका सिंह

जारी १३औ दक्षिण एसियाली खेलकुद सागमा गौरीका सिंहले पौडीमा नेपाललाई स्वर्ण दिलाएकी छिन् ।

दक्षिण एसियाली खेलकुदको पौडीमा नेपालको यो पहिलो स्वर्ण हो ।

बिहीबार भएको सिंगल इभेन्ट अन्तर्गत २०० मिटर फ्री स्टाइलमा गौरिकाले पहिलो स्वर्ण जितेकी हुन् । गौरिकाले भारतकी सुभांगी सिंह र श्रीलंकाकी गंगा सेनलाई पछि पार्दै स्वर्ण हात पारेकी हुन्। उनले निर्धारित दूरी २ मिनेट ०५.०६ सेकेन्डमा लक्ष्य पूरा गरिन्।

भारतकी सुभांगी सिंह दाेस्राे र श्रीलंकाकी गंगा सेन तेस्रो भइन्।

यसअघि भएको सागमा गौरिकाले रजत जितेकी थिइन् । पौडीतर्फ २०० मिटर फ्री स्टाइलमा स्वर्णपदक जितेर वाहवाही कमाएकी गौरिका सिंहले आफूलाई ओलम्पिक नै जितेजस्तो महसुस भएको प्रतिक्रिया दिएकी छन् ।

दक्षिण एसियाली खेलकुदका लागि १२ वटा स्पर्धामा प्रतिष्पर्धा गरिरहेकी गौरिकाले बिहीबार इन्डिभिज्युअल इभेन्टमा नेपाललाई पहिलो स्वर्ण दिलाएकी हुन् । नेपालले साग इतिहासमा पौडीमा २० वर्षपछि स्वर्ण जितेको हो‍। नेपालले १९९९ मा टिम रिलेमा स्वर्ण जितेको थियो।

अर्को ४ सय मिटर फ्री स्टाइलमा पनि उनी नेतृत्वको नेपाली टोलीले कास्य पदक जितेको छ। उनले अन्य ९ वटा सिंगल र एउटा रिले स्पर्धा खेल्न बाँकी नै छ ।

जितपछिका उनका तस्बिरहरु:

गौरीका सिंहकी आमा

अं‌गालाे मार्दै गाैरीकाका बुवा
आमा बुवाकाे साथमा गाैरीका

आफुले पाएकाे मेडल आमालाई लगाइदिदै गाैरीका

मंसिर १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्