हैदराबाद बलात्कारः चारै अभियुक्तको ‘प्रहरी इन्काउन्टर’मा मृत्यु

इन्काउन्टर भएको घटनास्थल

हैदराबादको बलात्कार काण्डमा पक्राउ परेका चार अभियुक्तको प्रहरी इनकाउन्टरमा मृत्यु भएको छ । यो इनकाउन्टर हैदराबादबाट ५० किलोमिटर टाढा महबूब नगर जिल्लाको चटनपल्ली गाउँमा भएको हो ।

तेलंगाना प्रहरीका एडीजी जितेन्द्रका अनुसार शुक्रबार बिहान ३ बजे चारै जनाको एक मुठभेडमा मृत्यु भएको हो । चारैजनालाई बुधबार प्रहरी हिरासतमा राखिएको थियो ।

एक प्रहरी अधिकारीले नाम नबताउने सर्तमा भने कि शुक्रबार राति चारै अभियुक्तलाई महिला डाक्टरको शव जलेको अवस्थामा बरामद भएको ठाउँमा लगिएको थियो । त्यहाँ अभियुक्तहरुले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि उनीहरुमाथि प्रहरीले गोली प्रहार गरेको हो ।

२८ नोभेम्बरमा हैदराबादको एक टोल प्लाजा नजिकै २६ वर्षीया एक डाक्टरको जलेको अवस्थामा शव बरामद भएको थियो । अनुसन्धानपछि ती युवतीमाथि बलात्कारपछि हत्या भएको थाहा भएको थियो । घटनापछि चार जना अभियुक्तलाई पक्राउ गरिएको थियो ।

यस्तो थियो घटना


हैदराबादमा २६ नोभेम्बरमा एक महिला पशु चिकित्सकमाथि बलात्कारपछि जिउँदै जलाइएको घटना सार्वजनिक भयो । महिला डाक्टरले एक टोल प्लाजामा आफ्नो स्कूटी पार्क गरिन् र केही कामका लागि निस्किन् । काम सकेर फर्किदा उनको स्कूटी पन्चर थियो ।

उनले स्कूटी त्यही राखेर ट्याक्सीमा घर फर्कने निर्णय गरिन् । यति बेला रातको ९ बजेको थियो । उनले आफ्नो बहिनीलाई यसको जानकारी गराइन् । उनले बहिनीलाई आफूलाई सडकमा एक्लै डर लागिरहेको पनि बताइन् । अचानक केही मानिसहरु देखिए र उनलाई स्कूटी बनाइदिने भन्न थाले ।

युवतीले फोनमा बहिनीलाई एक ट्रक ड्राइभरले स्कूटी बनाइदिने भनेको जानकारी गराइन् । ट्रक ड्राइभरसँग स्कूटी बनाउने कुरा इन्कार गरेपनि उनले युवतीको पिछा गर्न छोडेनन् । त्यसपछि युवतीले बहिनीलाई केहीबेरमा फोन गर्ने भनिन् तर त्यसलगत्तै उनको फोन स्वीच अफ भयो । त्यसपछि परिवारका सदस्य उनलाई खोज्न आए नभेटेपछि प्रहरीलाई खबर गरियो ।

केही दिनपछि एक निर्माणाधिन पुलको तल आधा जलेको अवस्थामा एक युवतीको शव भेटियो । युवतीको परिवारले शवको सनाखत गरे । यो घटनालाई लिएर भारतका विभिन्न शहरमा प्रदर्शन भयो । घटनापछि प्रहरीले यो घटनामा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरेको थियो ।

ती चारै जनाको शुक्रबार प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ । यो इनकाउन्टर हैदराबादबाट ५० किलोमिटर टाढा महबूब नगर जिल्लाको चटनपल्ली गाउँमा भएको हो ।

एक प्रहरी अधिकारीले नाम नबताउने सर्तमा भने कि शुक्रबार राति चारै अभियुक्तलाई महिला डाक्टरको शव जलेको अवस्थामा बरामद भएको ठाउँमा लगिएको थियो । त्यहाँ अभियुक्तहरुले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि उनीहरुमाथि प्रहरीले गोली प्रहार गरेको हो ।

मंसिर २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्