टेबलटेनिस डबल्समा नेपाललाई कास्य

काठमाडौँ- नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुदमा शुक्रबार भएको टेबलटेनिस डबल्समा नेपालले कास्य पदक हासिल गरेको छ।

नेपालका स्यान्टो श्रेष्ठ र पुरुषोत्तम वज्राचार्यसहितको टोलीले कास्य पदक हात पारेको हो।

नेपालका स्यान्टो श्रेष्ठले योसहित चार वटा स्पर्धामा पदक जितिसकेका छन्।

महिला टोलीले भने कुने पदक हात पार्न सकेनन्।

मंसिर २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्