काठमाडाैँकाे मनमैजुमा कामना सेवा विकास बैंककाे नयाँ शाखा

काठमाडौँ– कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत काठमाडाैँ जिल्लाको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा १०५ औँ शाखा सञ्चालनमा ल्याएको छ। शुक्रबारबाट बैंकले कारोबार सुरु गरेको हो।

मनमैजु नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका थिए।

कारोबार शुभारम्भ कार्यक्रममा बैंकका संचालक विश्वेश्वर सुवेदी, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत, नायब महाप्रबन्धक हरिप्रसाद लम्साल, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंककाे वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारे।

बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जानेसमेत जानकारी दिएकाे छ।

काठमाडौँ –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०५ वटा शाखा तथा ५४ वटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ।

साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकीङ सी–एएसबीए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ।

मंसिर २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्