जनकपुरधाममा कुस्ती सुरु

कुस्तीमा नेपाल एक रजत र तीनवटा कास्यले सन्तुष्ट

जनकपुरधाम-दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पहिलो पटक शुक्रवार जनकपुरधाममा विभिन्‍न चार तौलको कुस्तीमा भारतले चारवटा स्वर्ण पदक जितेको छ भने नेपाल एउटा रजत(सिल्वर) र तीनवटा कास्य(ब्रोन्ज) पदक जितेको छ।

महिला तर्फ ५० केजीमा भारतकी शितलले पहिलो स्थान हासिल गरेर स्वर्ण पदक जितेकी छिन् भने श्रीलंकाकी निरोसानीले रजत र नेपालकी मनिषाले कास्य पदक जितेकी छिन्।

त्यस्तै महिला तर्फ ५३ केजी तौलमा भारतकी पिन्कीले स्वर्ण, नेपालकी सवांगीले रजत र श्रीलंकाकी समिकाले कास्य पदक जितेकी छिन्।

त्यस्तै पुरुष तर्फ ५७ केजी तौल तर्फ भारतका राहुलले स्वर्ण, श्रीलंकाका कथोरनगानाले रजत र नेपालका नरेश प्रसाद यादवले कास्य पदक जितेका छन्।

त्यस्तै पुरुषतर्फ नै ६५ केजी तौलमा भारतका अमितले स्वर्ण, श्रीलंकाका चमाराले रजत र नेपालका सरोज यादवले कास्य पदक जितेका छन्।

शुक्रबार भएको खेलमा नेपालले एउटा रजत र तिनवटा कास्य पदक हासिल गरेका छ भने भारतले चारवटै स्वर्ण पदक जितेका छन् भने बांगलादेशले एउटा पनि पदक जितेको छैन्।

यस भन्दा पहिले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधाममा खेलका उद्घाटन गरेका थिए।

मंसिर २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्