सुदूरपश्चिम वित्तीय सम्मेलन

५० प्रतिशत नागरिकलाई बीमाको दायरामा ल्‍याइने

धनगढी-आगामी ५ वर्षमा प्रदेशका ५० प्रतिशत नागरिकलाई बीमाको दायरामा ल्याउने लगायत ७ बुँदे घोषणा पत्र जारी गर्दै सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको बित्तिय सम्मेलन शुक्रबार धनगढीमा सम्पन्न भएको छ।

सुदूरपश्चिम वित्तीय सम्मेलन २०७६ ले घोषणा गरेको ७ बुँदे धनगढी घोषणा पत्रमा प्रदेश सरकार, स्थानीय तह र बीमा समितिको सहकार्यमा आगामी ५ बर्षमा प्रदेशका ५० प्रतिशत नागरिकलाई वीमाको दायरामा ल्याउने घोषणा गरीएको छ।

यसै गरी प्रदेशमा वित्तीय पहुँच बढाउन राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल बैङ्क लिमिटेड र कृषि बिकार बैंङ्क तथा नेपाल लघुवित्त बैंकर्स संघसँग १० बुँदे सम्झौता गरिएको आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बताए।

उनका अनुसार आगामी ५ वर्षमा प्रदशका ८० प्रतिशत नागरिकलाई बैंकिङ दायरामा ल्याउने घोषणा गरिएको छ। जसमा नेपाल राष्ट्र बैङ्क, नेपाल सरकार, बैङ्क तथा बित्तीय संस्था संग सहकार्य गरिने छ।

प्रदेशका बित्तीय पहुँच बढाउन आर्थिक मामिला तथा योजना मन्त्रालयमा हेल्पडेस्क स्थापना गर्ने, वित्तीय सचेतना बढाउन स्थानीय तह संग सहकार्य गरी विद्यालय स्तरमा वित्तीय जानकारी सहितको पाठ्यक्रम निर्माण गरिने र सीमा क्षेत्रमा प्रचलन हुँदै आएको विदेशी मुद्राको प्रयोग लाई विस्थापित गर्न आवश्यक पहल गर्ने घोषणापत्रमा उल्लेख छ।

बित्तीय सम्मेलनपछि आगामी चैत सम्म प्रदेशमा लगानी सम्मेलन गर्ने तयारी भइरहेको आर्थिक मामिला तथा योजना मन्त्री बोहराले बताए। वित्तीय सम्मेलनको उद्घाटन नेपाल कम्न्यूष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले गरेका थिए।

मंसिर २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्