फोटो फिचर

४० सेकेण्डले अघि रहँदै यसरी जिते नेपालका किरणले म्याराथनमा स्वर्ण

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा म्याराथनमा स्वर्ण पदक जितेका नेपालका किरण सिंह बोगटी । तस्बिर : बर्षा शाह/देश सञ्चार

दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ३२ वर्षपछि स्वर्ण पदक जितेको छ । १३ औँ साग अन्तर्गत शनिबार बिहान भएको पुरुष तर्फको म्याराथनमा नेपालका किरण सिंह बोगटीले स्वर्ण पदक जितेका हुन् ।

उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे । उनले भारतका रासपाल सिंहलाई ४० सेकेण्डले पछि पारेका हुन् । भारतका सिंहले २ घण्टा २१ मिनेट ५७ सेकेण्डमा दूरी पूरा गरेर रजत पदक जितेका हुन् ।

म्याराथनमा नेपालका धावक वैकुण्ठ मानन्धरको नाममा कीर्तिमान रहेको छ । वैकुण्ठले तेस्रो सागमा २ घण्टा १५ मिनेट ०३ सेकेण्डको समय निकाल्दै कीर्तिमान बनाएका थिए ।

मंसिर २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू