प्याराग्लाइडिङ दुर्घटना हुँदा २ जना घाइते

फाइल तस्बिर

पोखरा – पोखरा १८ सराङकोटबाट उडान भरेको टेन्डम (व्यावसायिक) प्याराग्लाइडिङ दुर्घटना हुँदा २ जना घाइते भएका छन्।

शनिबार बिहान साढे दश बजेतिर सराङकोटबाट उडेको माउन्टेन ओभर भ्यू कम्पनीको प्याराग्लाइडिङ अवतरण गर्ने क्रममा खपौदीमा अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा पाइलट पोखरा–२२ घर भएका सुरज गुरुङ र यात्रु भारतीय नागरिक कुनाल राजेन्द्र साह घाइते भएका हुन्।

उनीहरुको उद्धार गरी उपचारका लागि पोखरास्थित मेट्रोसिटी अस्पताल लगिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका एसपी दीपक रेग्मीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको एसपी रेग्मीले बताए।

मंसिर २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्