पूर्वराजालाई भेट्न हजारौँको भिड (१५ तस्बिरहरु)

तस्बिरहरु: बिपी साह

काठमाडौँ- लुम्बिनी अञ्चलका विभिन्न क्षेत्रहरुको भ्रमणमा रहेका पूर्वराजाले शनिबार पनि विभिन्न मठमन्दिरमा पूजाआजा गर्नुका साथै स्थानीयहरुसँग अन्तर्क्रिया र भलाकुसारी गरेर बिताएका छन्।

उनले शनिबार नवलपरासीका स्थानीयहरुसँग भलाकुसारी गर्नुका साथै मठमन्दिरमा पूजाअर्चना गरेका थिए। यसक्रममा उनले देवदह रोहिणी नगरस्थित कामधेनु गौधामको भ्रमण गर्नुका साथै त्यहाँ रहेका गाईवस्तुहरुको अवलोकन समेत गरेका थिए।

पूर्वराजासँग भेट गर्न हजारौँको संख्यामा स्थानीयहरु ओइरिएका थिए।

बिपी साहले खिचेका केही तस्बिरहरु:

मंसिर २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्