पियानो संगीतमा कविता र मुक्तक

काठमाडौँ – साहित्यकार प्रकाश सायमी र गीतकार सुवासचन्द्र ढुंगेलले आफ्ना सिर्जनाहरुलाई पियानोको संगीतमा प्रस्तुत गरेका छन् ।

सायमीले आफ्ना केही छानिएका कविता तथा ढुंगेलले केही मुक्तकहरु शनिबार भएको विशेष कार्यक्रममा पियानोको संगीतमा प्रस्तुत गरेका हुन् ।

कालिकास्थन स्थित सर्वनाम थिएटरमा भएको संगीतवद्ध रचना वाचन कार्यक्रममा दुई स्रष्टालाई पियानोमा उपेन्द्र सिंहले साथ दिएका थिए ।

शुभारम्भ द म्युजिकल जर्नीको आयोजनामा भएको कार्यक्रममा वरिष्ठ संस्कृतिकर्मी चेतन कार्कीले दुई स्रष्टा सायमी र ढुंगेलसँगै पियानोवादक उपेन्द्र सिंहलाई प्रस्तुतिका लागि आमन्त्रण गर्दै सुरु भएको कार्यक्रममा पालैपालो कविता र मुक्तक वाचन गरिएको थियो ।

कार्यक्रममा साहित्य, संगीत र कला क्षेत्रका वरिष्ठ व्यक्तिहरुको उपस्थिति थियो ।

मंसिर २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्