कीर्तिमानी बालोन डी’ओर पछि मेस्सीले गरे शानदार ह्याट्रिक

कीर्तिमानी छैटौँ पटक बोलोन डी’ओर अवार्ड जितेपछिको खेलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले शानदार प्रदर्शन गरेका छन् ।

स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई ५–२ ले पराजित गरेको छ।

घरेलु मैदानमा बार्सिलोनालाई जिताउने क्रममा मेस्सीले ह्याट्रिक गरेका हुन् । यस्तै एन्टोनी ग्रिजम्यान र लुइस स्वारेजले एक–एक गोल गरे । मालोर्काका लागि बुडिमिरले दुई गोल गरेका हुन् ।

सातौँ मिनेटमा एन्टोनी ग्रिजम्यान तथा ४३ औँ मिनेटमा स्वारेजले गोल गरेका हुन् । मेस्सीले १७, ४१ र ८३ औँ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका हुन् । ला लिगामा मेस्सीले गरेको यो ३५ औँ ह्याट्रिक हो । सन् २०१९ मा मात्रै उनले चार पटक ह्याट्रिक गरेका छन् ।

मालोर्काका लागि आन्टी बुडिमिरले ३५ र ६४ औँ मिनेटमा गरी दुई गोल गरेका हुन्।

जितपछि शीर्ष स्थानको बार्सिलोनाको १५ खेलबाट ३४ अंक भएको छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको पनि समान खेलबाट समान अंक छ ।

ला लिगा अन्तर्गत शनिबार राति नै भएको अर्को खेलमा ग्रानाडालो एलाभेसलाई ३–० तथा भ्यालेन्सियाले लेभान्टेलाई ४–२ ले पराजित गरेका छन् ।

मंसिर २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्