साग फुटबलः आज नेपालले बंगलादेशसँग खेल्ने

फाइल तस्बिर

काठमाडौँ – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले आइतबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

अहिलेसम्म भएका तीन मध्ये दुईमा जित र एक खेलमा बराबरी गरेको नेपालले समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

आइतबार हुने खेलमा कम्तिमा बराबरी खेले मात्र पनि नेपाल फाइनलमा पुग्ने छ । तर पराजित भएको अवस्थामा नेपाल पहिलो चरणबाटै बाहिरिने छ। त्यो अवस्थामा  हेड टु हेडका आधारमा नेपालको यात्रा टुंगिने छ। नेपाल सात अंकसहित दोस्रो स्थानमा छ भने बंगलादेशको चार अंक रहेको छ । चार खेल मध्ये तीनमा जित र एकमा हार बेहोरेको भुटान ९ अंकसहित शीर्ष स्थानमा छ । भुटान फाइनल पुगिसकेको छ।

खेल बेलुका पाँच बजेपछि त्रिपूरेश्वर स्थित दशरथ रंगशालामा हुनेछ । यसअघि शनिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई २–१ ले पराजित गरेको थियो ।

जारी सागमा तीन गोल गरेका नेपालका सुजल श्रेष्ठ सर्वाधिक गोलकर्ताको सूचिमा शीर्ष स्थानमा छन्।

मंसिर २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्