लगातार ८ खेलमा लेस्टरकाे जित, लगातार ८ खेलमा भर्डीकाे गोल

इंग्लिस प्रिमियर लिग फुटबलमा यो सिजन लेस्टर सिटीले लगातार राम्रो प्रदर्शन गर्दै आएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा लेस्टर सिटीले एस्टन भिल्लालाई ४–१ ले पराजित गरेको छ ।

अवे मैदानमा भएको खेलमा जेमी भर्डीको दुई गोलको सहयोगमा लेस्टर सिटीले प्रभावशाली जित दर्ता गरेको हो।

पहिलो हाफमा दुई गोल गरेर एक गोल खाएको लेस्टरले दोस्रो हाफमा थप दुई गोल गरेको हो । भर्डीले २० औँ तथा केलिची इहिनाचोले ४१ औँ मिनेटमा गोल गरेका हुन् ।

एस्टन भिल्लाका लागि पहिलो हाफको इन्जुरी समयमा ज्याक ग्रेएलिशले गोल गरे । लेस्टरका लागि ४९ औँ मनिेटमा जोनी इभान्स र ७५ औँ मिनेटमा भर्डीले गोल गरेपछि ४–१ को जित निश्चित भएको हो । लगातार ८ खेलमा जित निकालेको लेस्टरका लागि भर्डीले लगातार ८ खेलमा गोल गरेका छन् ।

जितपछि दोस्रो स्थानको लेस्टर सिटीको १६ खेलबाट ३८ अंक भएको छ । लेस्टर शीर्ष स्थानको लिभरपुल भन्दा ८ अंकले पछि रहेको छ । यस्तै तेस्रो स्थानको म्यानचेस्टर सिटीलाई ६ अंकले पछि पारेको छ ।

लिग अन्तर्गत आइतबार राति भएका अरु खेलमा न्युक्यासलले साउथह्याम्पटन तथा शेफिल्ड युनाइटेडले नर्विच सिटीलाई समान २–१ ले नै पराजित गरेको छ । यस्ते ब्राइटन र वुल्भ्सले २–२ को बराबरी खेलेका छन् ।

मंसिर २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्