नेकपाको सचिवालय बैठक धुम्बाराहीमा बस्ने, प्रधानमन्त्री ओली सहभागी नहुने

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक सोमबार बस्दैछ । बैठक दिउँसो १ बजेपछि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने जनाइएको छ ।

एपेन्डिसाइटिसको शल्यक्रिया गरेर हप्तादिन भन्दा बढी अस्पताल बसेर अहिले बालुवाटार निवासमा आराम गरिरेका प्रधानमन्त्री ओली भने पार्टी कार्यालयमा हुने सचिवालय बैठकमा जाने छैनन् ।

सचिवालय बैठकको अध्यक्षता पार्टीका अर्का अध्यक्षा पुष्पकमल दाहाल प्रचण्डले गर्ने छन् । कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका प्रचण्डले सचिवालय बैठकको तयारीका लागि भन्दै आइतबरा खुलमटारमा नेताहरु माधव कुमार नेपाल, महासचिव विष्णु पौडेल तथा नेता इश्वर पोखरेलसँग छलफल गरेका थिए ।

यसअघि प्रचण्डको अध्यक्षतामा मंसिर १८ गते बसेको सचिवालय बैठकले उपनिर्वाचनको परिणामको समीक्षा गर्न निर्देशन दिएको थियो ।

मंसिर २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्