श्रीलंका फाइभ बाइ फाइभ बास्केटबलको फाइनलमा

काठमाडौँ – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत श्रीलंका फाइभ बाइ फाइभ बास्केटबलको फाइनलमा पुगेको छ।

पुरुष तर्फको खेलमा सोमबार सेमिफाइनलमा बंगलादेशलाई पराजित गरेर श्रीलंकाले फाइनलमा स्थान बनाएको हो । यो खेलमा श्रीलंका ७३–५२ ले विजयी भयो । नेपालले सोमबार नै फाइनल प्रवेशका लागि भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

मंसिर २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्