सूर्याेदयमा आगलागी हुँदा २६ लाखको क्षति

सांकेतिक तस्बिर

झापा – इलामको सूर्योदय नगरपालिका–५ अन्तुडाँडा स्थित एउटा घरमा आगलागी हुँदा २६ लाख बराबरको क्षति भएको छ । सोमबार बिहान पौने १० बजेको समयमा मानबीर तामाङको दुईतले काठ, सिमेन्ट र टिनको छानोले बनाएको फ्याफुल्ला होमस्टेमा बिधुत सर्ट भइ अचानक आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो ।

आगलागीबाट घर भित्र रहेको चार तोला सुनका गरगहना, नगद पाँचलाख तथा सम्पूर्ण जिन्सी सामानहरु जलेर नष्ट भएका छन् ।

प्रहरी टोली र स्थानीयवासीको सहयोगमा बिहान साढे १० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

मंसिर २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्