न्युजिल्याण्डमा ज्वालामुखी बिस्फोट, एकजनाको मृत्यु

न्युजिल्याण्डमा ज्वालामुखी बिस्फोट हुँदा एकजनाको ज्यान गएको छ । अरु धेरै मानिस सम्पर्क बाहिर रहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।

न्युजिल्याण्डको ह्वाइट आइल्याण्डमा रहेको ज्वालामुखी बिस्फोट भएको हो । बिस्फोटको केही अघि पर्यटकहरु सो क्षेत्रमा गएका थिए । २३ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।

अझै धेरै मानिस बेपत्ता रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाई छ । व्हाकारी समेत भनिने ह्वाइट आइल्याण्ड नर्थ आइल्याण्डको तटीय क्षेत्रमा पर्छ । यो न्युजिल्याण्डको सक्रिय ज्वालामुखी मध्ये एक हो ।

मंसिर २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्